दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ: कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको माग एकताको रहेको बताएका छन्। 
 
सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ती एकता हुन आवश्यक रहेको बताएका हुन्।

उनले भने, “एकताको सत्यता नै आत्मीयता हो। अहिलेको समयको माग एकता हो। एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक सत्य आउन जरुरी छ। जनतालाई दिनैपर्छ हामीले। त्यो दिनको नीमित्त मन, बचन, कर्मले तयार हुनुपर्छ। कुनै किसिमको स्वार्थ, सर्त र चाहना म बाट छैन। मात्र हामीले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट  देशलाई मुक्त तुल्याउनको निम्ती एकता गर्नैपर्ने अवस्था छ।”

साथै उनले दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए। उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्न चाहने सबैलाई एकताबद्ध हुन आग्रह गरे।
 

प्रतिक्रिया