बेइजिङ। नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।
मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।
प्रतिक्रिया