चितवनले पोखरालाई दियो १ सय ६२ रनको लक्ष्य

काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आज(मंगलबार)को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको छ। 

चितवन राइनोजले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ६२ रनको लक्ष्य दिएको हो। चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएका थिए। पोखराले टस जितेर बलिङ रोजेको थियो।

चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। पोखराको भने यो पहिलो खेल हो। पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन्।
 

प्रतिक्रिया