सभामुख घिमिरेले गरे सरकारी उदासिनताको आलोचना

काठमाडौं । सभामुख देबराज घिमिरेले अपाङ्गता जस्तो संवेदनशील विषयलाई आत्मसात गर्न नसकेको भन्दै सरकारी नीतिको आलोचना गरेको छन् । 

अपाङ्ग युवाहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले संविधानले भेदभाव रहित कानून बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानूनहरु निर्माण भएपनि कार्यान्वयन फितलो रहेको टिप्पणी गरे । 

सभामुखले आज आयोजित कार्यक्रममा भने,‘संविधानले भेदभाव रहित कानून बनाउने कुराको ग्यारेन्टी गरेको छ । अपाङ्ग व्यक्तिहरुको सम्मानको कुराहरु पनि गरेको छ । कानून बन्न निर्देशित गर्छ र बनेका पनि  छन् । तर कानूनहरु कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमिहरु भइरहेका छन् । यो क्षेत्रको संवेदनशीलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसात गर्न सकिरहेका छैनन् ।’

नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव छैन भन्दै सभामुखले विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने सुझाव   दिए । 
 

प्रतिक्रिया