संसद अवरोध लोकतन्त्रको विरूद्धमा छः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले संसद अवरोध देश, जनता र लोकतन्त्रको विरुद्धमा भएको बताएका छन् । सामाजिक संजालमार्फत रावलले संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न नपाउने तर होहल्लाको बीचमा सरकारले चाहे अनुसार कानुन पारित हुने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ । यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।’

माधव नेपालसहित १४ सांसदलाई आफ्नो पार्टीले कारबाही गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया