'एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन'

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।” अध्यक्ष ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने बताए । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

प्रतिक्रिया