सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ।
 

प्रतिक्रिया