रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्यो: प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन्।

लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थल हुँदै सोमबार पर्सा पठाउन लागिएको बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो।

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ प्रचण्डले फेसबुकमा लेखेका छन्।
 

प्रतिक्रिया