सियोल, दक्षिण कोरिया । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।
डोङ- ए इल्बो समाचारपत्रका अनुसार, राष्ट्रपति युन सुक येओल विरुध्दको यात्रा प्रतिबन्ध आज डिसेम्बर ९ को अपरान्ह साढे तीन बजेदेखि लागू भएको छ । आप्रवासी मुद्दाहरूको प्रभारी एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, वर्तमान राष्ट्रपतिमाथि यस्तो प्रतिबन्ध लगाइएको यो पहिलो पटक हो ।
यसअघि दक्षिण कोरियाको उच्च पदस्थ अधिकारीहरूका लागि भ्रष्टाचार विरोधी निगरानी गर्ने प्रमुखले युन सुक येओललाई यात्रा प्रतिबन्ध लगाउन आदेश दिएको बताएका थिए। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यको संदिग्ध विद्रोहको सम्बन्धमा अनुसन्धान भइरहेको छ। उनले आकस्मिक रुपमा लगाएको मार्शल ल कार्यान्वयन हुन पाएको छैन ।
दक्षिण कोरियाली कानूनले वर्तमान राष्ट्रपतिलाई विद्रोह र देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति दिन्छ।
डिसेम्बर ३ को साँझ, यून सुक येओलले ूउत्तर कोरिया समर्थक तत्वहरूू र संसदीय विपक्षीहरूको कार्यका कारण कार्यकारी शाखाको पक्षाघातको सामना गर्न मार्शल लको घोषणा गरेका थिए। करिब छ घण्टापछि मार्शल ल हटाइयो। मार्शल लको आधार नभएकाले राष्ट्रपतिले संविधानविपरीत कार्य गरेको भन्दै विपक्षीले मंसिर ४ गते राष्ट्रियसभामा महाभियोगको कारबाही अघि बढाएको थियो ।
डिसेम्बर ७ मा दक्षिण कोरियाली संसदमा राष्ट्रपतिलाई महाभियोग लगाउन मतदान भयो । सत्तारुढ दलले मतदान बहिष्कार गरेकाले महाभियोगको घोषणा भएन । मतदान अघि, युन सुक येओलले आफ्ना समर्थकहरूसँग माफी मागे र आफ्नो कार्यकालको मुद्दालगायत राज्यका मामिलाहरू सत्तारूढ दल र सरकारलाई सुम्पेको बताए।
प्रतिक्रिया