आईसीसी च्याम्पियन्स ट्रफी बंगलादेशमा: प्रशंसकहरूलाई ट्रफी नजिकबाट हेर्ने मौका

ढाका। आईसीसी च्याम्पियन्स ट्रफी विश्वव्यापी भ्रमणको क्रममा आज बंगलादेश पुगेको छ। यो ट्रफि आज डिसेम्बर९ देखि १३ तारिखसम्म यहाँ राखिने भएको छ।

क्रिकेटका प्रशंसकहरूलाई प्रतिष्ठित ट्रफी नजिकबाट हेर्ने अवसर मिल्ने भएको छ। ढाका आइपुगेपछि ट्रफी भोलि कक्सबजार लगिनेछ र डिसेम्बर ११ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म लबोनी पोइन्टस्थित सिमन्तो सम्मेलन केन्द्र उर्मी अगाडि प्रदर्शनमा राखिनेछ।

त्यसपछि ट्रफी ढाका ल्याइने र बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म पान्थपथस्थित बसुन्धरा सिटी सपिङ मलमा सार्वजनिक प्रदर्शनमा राखिनेछ।

भोलिपल्ट शेर–ए–बंगला राष्ट्रिय क्रिकेट रंगशालामा राष्ट्रिय पुरुष तथा महिला टोलीका सदस्य, वर्तमान तथा पूर्व क्रिकेटर, अधिकारी, आयोजक र सञ्चारकर्मीका लागि ट्रफी प्रदर्शनमा राखिनेछ।

अर्को वर्ष आइसिसी च्याम्पियन्स ट्रफीमा बंगलादेशसहित आठ टोलीले भाग लिने भएका छन्। प्रतियोगिता पाकिस्तानमा हुने तय गरिएको थियो तर अहिले प्रतियोगिता कहाँ र कुन मोडलमा हुने भन्ने निर्णय गर्न भारत र पाकिस्तानी क्रिकेट अधिकारीहरू आईसीसीसँग वार्तामा व्यस्त हुँदा यसको भविष्य अनिश्चित छ।


 

प्रतिक्रिया