पोखराले दियो कर्णालीलाई १ सय ४ रनको सामान्य लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियल लिग (एनपीएल) मा आज(मंगलबार)भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ। 

पोखरा १६.३ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो। आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। 

कर्णाली याक्सका विलियम बोसिस्टोले एक्दैले पोखराको ६ विकेट लिए छन्। ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए। उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए।

चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ।

कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ। पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो ।
 

प्रतिक्रिया