तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ। संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ। 

बुधबार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बस्न लागेको हो।

बैठकमा समितिमा प्राप्त विधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल गर्ने कार्यसूची रहेको छ।

साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नीतिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ।

यस्तै, शिक्षा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे कानून समितिकोम सभाकक्ष सिंहदरबारमा बस्ने छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूचि छ।
 

प्रतिक्रिया