काठमाडौँ। वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन्।
बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एवम रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए।
उनले भने, “वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ। नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी मुल्य अभिवृद्धि मार्फत स्थानिय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ।”
उनले सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ।
उनले भने, “सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिवद्धता र गरेको योगदान आज अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको छ। देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाईसराइले गर्दा वनमाथिको दृढता घट्दै गएकोछ।”
जैविक विविधता संरक्षण एवम जलवायु परिवर्तन र जलवायु उत्थानशिलतालाई एकीकृत गर्न नीतिहरुलाई समय समयमा पुर्नविचार गर्नुपर्ने उनको भनाई छ।
प्रतिक्रिया