काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा देखिएको सट्टेवाजी कानुन विपरित भएको नेपाल प्रहरीका पूर्वएसपी रवीन्द्रनाथ रेग्मीले बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रायोजकको रूपमा बेटिङ कम्पनी वुल्फत्रिपलसेभेनको सेरोगेट कम्पनी वुल्फत्रिपलसेभेन न्यूजलाई एनपीएलमा भित्र्याएको थियो। नेपालको कानुनले जुवालाई प्रतिबन्ध लगाएको भन्दै पूर्वएसपी रेग्मीले भने, ‘यो कानुन विपरित छ । विभिन्न बहानामा जुवा खेलाउन पाइँदैन।’
उनले क्रिकेटको पर्यायवाची नाम भइसकेका क्यानका सचिव पारस खड्काकै कार्यकालमा देशमा कानुन नै नभएको कुरालाई जबरदस्ती लागु गर्ने प्रयास गर्नु दुःखद भएको बताए। यो घटनामा राज्यको रवैया पनि ठीक नभएको उनको भनाई छ।
कानुन बनाएर, नीति नियमको परिधिमा रहेर खेलकुदमा बेटिङलाई वैधता दिनु अर्को बहसको विषय होला तर अहिलेको अवस्थामा सरासर कानुन विपरित भएको रेग्मीको भनाई छ।
‘यसले खेलकुदको मूलमन्त्रलाई नै ध्वस्त पार्नेछ,’ उनले भने।
इन्टरभ्यू हेर्न तलको लिंक प्रयोग गर्नुहोलाः https://youtu.be/900f2mGsiU4?si=DbJk7ie5-VAxWhkf
प्रतिक्रिया