काठमाडौँले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ। 

आजको खेलमा काठमाडौं गुर्खाज १९.२ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो। 

टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए।

५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ। मंगलवार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो।

लुमि्बनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। 

३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौँ तालिकाको छैठौं स्थानमा छ। 
 

प्रतिक्रिया