काठमाडौँ। विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
विराटनगरका लागि स्कर्ट इडवार्डले सर्वाधिक ४५ रन बनाए। यस्तै ओपनर लाकेश बमले २६, बसिर अहमदले अविजित २१ र निकोलश किर्तनले १९ रन बनाए।
बलिङमा पोखराका सागर ढकाल र रेमान रेफरले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए। पाँचौं खेल खेल्दै गरेका दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।
प्रतिक्रिया