काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ।
किर्तिपुरस्थिति टियु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरको खेलमा १०१ रन बनाउँदै अलआउट भएको हो।
५ खेलमा ४ जित र १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली बन्ने छ। जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो। तर, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग भने पराजित भएको थियो।
४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ। यो खेलमा जित हासिल गरे काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाउँन सक्छ।
प्रतिक्रिया