महानगरपालिका ७७ वटै जिल्लाबाट आउने नागरिकहरुका लागि राजधानी बन्न सकोस्: मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो । 

दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं  महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले  काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन् ।

उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्याउनु भएको छ । महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा, स्वास्थ्य , सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ ।’

साथै  उनले यो  महानगरपालिका आफैंमा राजधानी भएको बताए । उनले राजधानीबासीका लागि मात्र नभएर यो  महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरुको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना ब्यक्त गरेका छन् ।
 

प्रतिक्रिया