कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले काम गर्नुपर्छ: मन्त्री सिंह

काठमाडौँ। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन्।

उनले भने, “काम गरे भनेर मात्र हुँदैन। हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ। मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्यो। अहिले नेपाली कांग्रेस पार्टीमा चाँही अलिकति कमिकमजोरी के भैइरहेको छ भन्दा खेरी नेपाली कांग्रेस त कांग्रेस नै हो। तर यो  पार्टी पनि ए, बि, सि र डि को नाममा अगाडि बढिरहेको छ।”

साथै उनले  ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै कांग्रेस पार्टीलाई लग्नुपर्ने बताए। उनले कांग्रेस पार्टीभित्रै इमानदार भएर अगाडि बढ्नुपर्ने बताए। 

उनले भने, “ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन। हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने ? यो लिडरस्हरु आउँछन्, जान्छन्  यो बेग्लै  कुरा हो। तर  कुरा के हो भन्दा खेरी  कांग्रेसलाई केन्द्रबिन्दुमा राखेर कांग्रेसलाई हित हुने काम चाँही अब हामीले गर्नुपर्छ।”

यसैगरी उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाहे हुन्छ भन्ने कुरा सबै जनप्रतिनिधिहरुमा महशुस हुन जरुरी रहेको बताए।  

प्रतिक्रिया