रुसले बनायो क्यान्सर विरुध्दको नयाँ खोप

मस्को। रसियाले क्यान्सर विरुध्दको आफ्नै एमआरएनए नामको खोप विकास गरेको छ। यो खोप अन्तिम परीक्षण सकेर बिरामीहरूलाई निस्शुल्क वितरण गरिनेछ।

रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनले बताए अनुसार, यो खोप सर्वसाधारणका लागि सर्वशुलभ वितरण गरिने छ।

धेरै अनुसन्धान केन्द्रहरूसँगको सहकार्यमा खोप विकास गरिएको हो। यसलाई सन् २०२५ को प्रारम्भमा सामान्य सर्कुलेशनमा लन्च गर्ने योजना छ।

यसअघि, इपिडिमियोलोजी र माइक्रोबायोलोजीका लागि गमालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले खोपको पूर्व-क्लिनिकल परीक्षणहरूले यसले ट्यूमरको विकास र सम्भावित मेटास्टेसेसलाई नियन्त्रण गर्ने परिणाम देखाएको छ।

रुसी समाचार संस्था तासले जनाए अनुसार, क्यान्सर विरुध्दको यो खोपले क्यान्सर पीडितहरुलाई जटिल उपचारबाट बचाउन सहयोग पुग्नेछ।
 

प्रतिक्रिया