काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ।
बिहीबार भएको क्वालिफायर–२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ।
आजको खेलमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको थियो। टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो। जनकपुरले १९ ओभरको खेलमा ८ विकेट गुमाएर जित हात पारेको हो।
सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो।
कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ सम्म आएको थियो।
प्रतिक्रिया