विद्युत प्राधिकरणमा १ हजार ८३ कर्मचारीको आवश्यकता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हजारभन्दा बढी कर्मचारी भर्ना गर्न स्थायी नियुक्तिको प्रक्रिया सार्वजनिक गरेको छ। प्राधिकरणलाई अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जना कर्मचारी आवश्यक भएको जनाएको छ।

प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ खुलारसमावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन खुला गरेको हो । यी सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।

दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते तोकिएको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्ग उउम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने प्राधिकरणको शर्त छ ।

सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको, महिला र अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने र प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद नलाग्ने जनार्ईएको छ।

प्राधिकरणले अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर मागेको छ। इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोत्तर उम्मेदवारले दरखास्त दिन सक्ने छन्।
 

प्रतिक्रिया