काठमाडौँ। ब्राजिलमा बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। दुर्घटना मिनास गेराइसको टियोफिलो ओटोनी शहर नजिक भएको थियो।
मिडिया रिपोर्टका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन्, जसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
साओ पाउलोबाट ४५ यात्रु बोकेको बसमा गुडेको थियो। यस दुर्घटनामा एउटा कार पनि बससँग ठोक्किए पनि त्यसमा सवार तीन जना भने सकुशल छन्।
प्रतिक्रिया