पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोग जिल्ला अदालत कास्कीमा पेश भएको छ।
आइतबार सहकारी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेसहित ३१ जनाविरुद्धको सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो। सोही अनुसन्धान प्रहरीले जिल्ला सरकारी वकिललाई बुझाएपछि अध्ययन गरेर मुद्दा दर्ताका लागि अदालत लगिएको हो।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता गरिँदै छ।
प्रतिक्रिया