काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ। भोलि(शुक्रबार)सम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो।
‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा उक्त सम्मेलनको उद्घाटन गरिएको छ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संसारमा अरु देशले नगरेका उपलब्धिहरु स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरु नेपालले गरिसकेको बताएका छन्। बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रुपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भइ अगाडि बढीरहेको बताएका हुन्।
उनले भने, “स्वास्थ्य प्रणाली सुधारका निम्ती थुप्रै विषयहरु छन्। नेपालले संसारमा अरु देशले नगरेका उपलबि्धहरु कति विषयमा गरेको छ। क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ। तर नेपाली जनतालाई अनुभूति गर्नेगरी ,आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौं।”
यसैगरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्ने बताए। उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरु भएपनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरुको पहिचान गर्नुपर्ने बताए।
उनले भने, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ। नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या गर्यो ? बाहिर रहेका नेपालीहरु यहीँ जन्मिनुभएको हो। यही प्राथमिक शिक्षा आर्जन गर्नु भएको हो। उहाँहरुको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनु भएको छ। आफ्ने मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोसिस गरिरहनु भएको छ। त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ती कसरी प्रयोग गर्न सकिन्छ ? नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या पुर्यायो ? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्यो ? प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ।”
प्रतिक्रिया