चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

एजेन्सी। चीनले तिब्र गतिको घरेलु रेलको परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो।

परीक्षणकालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरु हेर्ने गरिन्छ। 

Photo (18)

परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघन्टा रहेको सीसीटीभीप्लसले जनाएको छ। चीन हाल संचालनमा रहेका तिब्र गतिका ट्रेनभन्दा ३५० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने जनाइएको छ।

चाइना रेलवेका अनुसार व्यवसायिक सञ्चालनमा आएपछि यात्रुहरूका लागि यात्रालाई थप सुविधाजनक र प्रभावकारी बनाउने जनाइएको छ। यसले समय र ठाउँको दूरीलाई कम गर्न सक्ने जनाइएको छ। (सीसीटीभीप्लस)
 

प्रतिक्रिया