एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

काठमाडौँ। एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुन लागेको जानकारी गराएको हो। खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ।

सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए।

उनले भने, “हामी खेलको लागि एकदम तयार छौ। हामीले तयारी राम्रो नै गरिरहेका छौ।”

यस्तै, सोही टिमका कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरुलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए।

उनले भनिन्, “तालिमहरु सबै राम्रो नै भईरहेको छ। पहिला भएका गल्तीहरुलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौ। टाइटलको लागि नै भनेर खेल्ने हो। मेरो गल्तीहरुलाई सिखको रुपमा लिएको छु र अब राम्रो गर्ने योजना छ।”

यसको साथै, त्रिभुवन आर्मी क्लबका कोच कृष्ण ठगुन्नाले पनि उपाधी जित्ने अपेक्षा राखेको बताए। उनले भने, “तयारी सबै राम्रो नै छ । उपाधी जित्ने अपेक्षा छ।”

यस्तो घरेलु लिगहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताईन्। उनले भनिन्, “टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ। उपाधी पाउने नै प्रयास हो। घरेलु लिगहरु धेरै हुनुपर्छ जस्तो लाग्छ मलाई। हाम्रो किप्परहरु राम्रो नै छ।”

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अनि्तम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन्। गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन्।

अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो। कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ। अन्तिम चरणमा २४ खेलहरु हुनेछन्। 

प्रतिक्रिया