राखेप सदस्यहरुलाई मन्त्रीको सुझाव: उत्कृष्ट काम गर्नुहोस

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको औंल्याएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गराउँदै राखेपले परिणाममूखी भएर काम गर्न निर्देशन पनि दिए। उनले सदस्यहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित समारोहमा सदस्यहरुलाई शपथ गराएका हुन्।  

सपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन्। 

मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह पनि गरे। 

यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठजनालाई नियुक्त गरेको थियो।
 

प्रतिक्रिया