काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इञ्जिनियर हरुको लागी विद्युत प्राधिकरणलाई हब बनाउने बताएका छन्।
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इञ्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टनसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताएका हुन्।
उनले भने, “हाम्रो टेस्टीङ ट्रासफरहरु र वर्कसपहरु प्राय इन्टनसिपका विद्ययार्थीले नै चलाएका छन्। करिब १२÷१५ सय जनाहरु इन्टनसिप हरेक लटमा चलिनै रहेको हुन्छ। इलेक्ट्रिकल इञ्जिनियरहरुको लागि ६०÷७० सिट लोकसेवा मार्फत बिज्ञापन निकालेको छौं। विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इञ्जिनियरहरुको अभाव छ। इलेक्ट्रिकल इञ्जिनियरहरुको लागि विद्युत प्राधिकरण एउटा ठूलो हब बन्छ, बनाउनुपर्छ।”
उनले विद्युत प्राधिकरणले विभिन्न ठाँउमा वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टीङ ल्याबहरु स्थापना गरेको बताए। उनले स्थापना भएका ल्याबहरु अहिले अप्रेसनमा रहेको बताए।
उनले भने, “विद्युत प्राधिकरणले प्रदेश÷प्रदेशमा नेपालगञ्ज, बुटवल, विराटनगर,हेटौंडा काठमाडौं लगायतका ठाउँहरुमा हाम्रो वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टीङ ल्याबहरु हाइ भोल्टीङ टेस्टीङ ३३के.बी सम्मको टेस्टीङ ल्यावहरुको स्थापना गरेर अहिले अप्रेसनमा छन्। विद्युत प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुनेगरी, इलेक्ट्रिकल इञ्जिनियरहरु र इलेक्ट्रिकल सम्बन्धि तीन तह चार तहका जति पनि आउँछन्। इन्टनसिप खोलेका छौं। खाजा भत्ता दिएर खोलेका छौ।”
प्रतिक्रिया