नेपाल चेम्बरमा पूर्वाधार भूमि सुधार समिति बन्यो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पूर्वाधार तथा भूमि सुधार समिति गठन गरिएको छ । चेम्बरका सदस्य रोशन भोयद्योको नेतृत्वमा नयाँ समिति गठन भएको हो ।

चेम्बरको नवगठित कार्यसमितिका सदस्य भोयद्योलाई समितिको सभापतिमा मनोनयन गर्दै अन्य विभिन्न क्षेत्रका विज्ञलाई सदस्यमा मनोनित गरिएको चेम्बरले जनाएको छ । 

चेम्बरका अनुसार समितिको वरिष्ठ सल्लाहकारमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, सल्लाहकारहरूमा ओम हस्पिटल एन्ड रिसर्ज सेन्टर प्रालिका सञ्चालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष टंकबहादुर श्रेष्ठ र कानुन विज्ञ गोकुल बुर्लाकोटी तथा उत्तमप्रसाद झा रहेका छन् । 

समितिको सोमबार बसेको पहिलो बैठकले हालै सरकारले जारी गरेको परिमार्जित सहरी विकास नीति(२०८१ को स्वागत समेत गरेको छ।

सल्लाहकार श्रेष्ठ उपासना मिडिया ग्रूपका अध्यक्ष हुन् भने भोयद्यो संस्थापक सदस्य हुन् । 

प्रतिक्रिया