काठमाडौँ। जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्र हत्या गर्न खोजिएको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले मंगलबार विज्ञप्ति जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यको बोलपत्र आह्वानको विषयलाई लिएर केही सञ्चारमाध्यमले आफ्नो कम्पनी र उर्जामन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।
‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आफंैमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कनक्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
जगदुल्लाले आफ्नो कम्पनीको विषयसँग जोडेर मन्त्री खड्काको चरित्रहत्या गर्ने निहित उदेश्यका साथ विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहिन, अनर्गल एवं कपोलकल्पित समाचारप्रति गम्भीर आपत्ती जनाएको छ ।
‘यस कम्पनीको सञ्चालक समितिमामन्त्री संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, साथै, मन्त्रालय र मन्त्रीको निर्देशन तथा सुझाव लिनुपर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा मन्त्रीले कुनै चासो राख्नुभएको वा कुनै निर्देशन दिनुभएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया