तिब्बतमा भूकम्प: अहिलेसम्म १२६ जनाको मृत्यु

तिब्बतमा मंगलबार बिहान गएको भूकम्पमा हालसम्म १२६ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणको तथ्याङ्क अनुसार यस भूकम्पको तीव्रता ७.१ थियो। यसको केन्द्र तिब्बतको डिङ्ग्रीमा जमिनबाट १० किलोमिटर तल थियो।

चिनियाँ राष्ट्रपतिले भूकम्पपीडितलाई सक्दो सहयोग गर्न निर्देशन दिएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा करिब एक हजार घरमा क्षति पुगेको छ। पहिलो भूकम्पपछि ३ घण्टाभित्र ४ दशमलव ४ रेक्टर स्केलका करिब ५० वटा भूकम्प गए। चाइना अर्थक्वेक नेटवर्क सेन्टरले मंगलबारको भूकम्प विगत पाँच वर्षमा २०० किलोमिटर (१२४ माइल) को दायरामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएको छ।

भूकम्पको धक्का नेपालदेखि भारत र बंगलादेशसम्म महसुस गरिएको थियो। यसअघि सन् २०२३ को डिसेम्बरमा चीनको गान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १५१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया