मुगुमा मह उत्पादनबाट एक करोडको कारोवार

मुगु। पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ। मौरी पालनको लागि उपयुक्त हावापानि भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोवार भएको छ।

महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका २ दर्जनभन्दा बढी स्थानिय कृषकहरुले परम्परागत मुडे घारमा मौरी ब्यावसाय गर्दै आफ्नो जिवन निर्वाह गर्दै आई रहेका छन्।

मह कृषक रुप बहादुर सेजुवालले पुर्खादेखी यही मौरी खेती गर्दै आएको बताए। उनले बर्षमा १ लाखदेखी २ लाखसम्म मह बिक्री गरेर आम्दानि गरेको घर खर्च चलाउनमा सहयोग पुगेको बताए। 

मह किन्नको लागि ग्राहक घरमै आउने प्रति मानाको १ हजारदेखी १५ सयसम्म जिल्लामा दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको समेत उनले बताए। 

उनले भने, “बर्षमा २ पटक मह निकाल्ने गरेको छु। जिल्लामा मौरी सम्बन्धि तालीम, गोष्ठी, अनुदानका कार्यक्रम सन्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन।”

आधुनिक घारमा मौरी नहुेने पुरानै मुडे घारमा मौरी बस्ने र मह राम्रो हुने गरेको कृषकहरुको भनाइ छ। आर्थिक स्रोत र अनुदान नपाउँदा बर्षेनी मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरुको गुनासो रहेको छ।

मुगु जिल्ला कृषि बिकास कार्यालयको आ.व २०८०।०८१को तथ्यांक अनुसार जिल्ला भरी ५ हजार ५ सय मैरी घार रहेका छन्। गर्त बर्ष भन्दा यो बर्ष मह उत्पादन निकै राम्रो भएको देखिन्छ। सरदरमा प्रति मुडे घारमा ५ के.जीको दरले २० हजार, ५ सय केजी घरमा खाने, आफ्न्तहरुलाई नासो दिने बाँकी रहेको मह बिक्री गरेर जिल्लामा १ करोड भन्दा बढी आर्थिक रकम जिल्लामा भित्रीएको देखिन्छ। 
 

प्रतिक्रिया