रौतहट । रौतहट प्रहरीले किटानाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्रयाकटरसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय गौरबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नं.५ सिया होटल नजिकबाट पिकअप र ट्रयाकटर नियन्त्रणमा लिएको हो । रौतहट प्रहरी निरीक्षक उमा शंकर प्रसादका अनुसार किटानाशक औषधि लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्रयाकटरलाइ नियन्त्रणमा लिएको छ । ट्रयाकटर चालक ४५ बर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० बर्षको सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
गाडीहरुमा लोड सामनहरु र गाडीमा रहेको बिल बिजकहरु फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए । उक्त सामनहरु , गाडी र चालकहरुलाई थप अनुसन्धानका लागी आन्तरिक राजस्व करदाता कार्यलय गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यलयबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नं ४ बस पार्कबाट एक लाख ६० हजार भन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार चिनी , मैदा , तिल, तेल लगायतका सामन बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रतिक्रिया