८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रतिक्रिया