काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रको लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाए । उनले भने, ‘जतिबेला हामी सरकारमा छौ, हुन्छौ त्यतिबेला पर्यटन क्षेत्रका समस्याहरुलाई बुझ्ने र समाधान गर्ने सन्दर्भमा केही निर्णयहरु भएका छन् । पर्यटन व्यवसाका सन्दर्भमा एउटा महत्वपूर्ण प्रयोग भइरहेको छ । यस क्षेत्रलाई राम्रोसँग हुर्किने, फूल्ने मौका दिनुपर्छ भन्ने सरकारको बुझाइ हो । त्यसैले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि केही राम्रा कदमहरु चाल्ने छौं । नीति, बजेटको बारेमा कदम चाल्ने छौ र तुरुन्तै गर्न सकिने काम गर्नेछौं । उनले पर्यटन क्षेत्रको सम्भावनालाई यथार्थमा बदल्नको लागि अब सरकारले पर्यटन व्यवसायीहरुको समग्र समस्याको समाधान गर्ने भन्दै उच्च मनोबलका साथ राष्ट्र निर्माणमा योगदान दिनसक्ने क्षेत्रको रुपमा विकासका पहल गर्ने बताए ।
प्रतिक्रिया