काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाताखोल्ने व्यवस्था मिलाउन पुनः निर्देशन दिएको छ।
केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशन मार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियोभने आज सूचना सार्वजनिक गर्दै पुनः निर्देशन दिएको छ।
जारी सूचनाअनुसार विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया