काठमाडौँ। सीमावर्ती महानगर वीरगंजबाट तस्करी गरी नेपाल छिराईएको लाखौं मूल्यको सामान ललितपुरको सानेपास्थित गोदामबाट राजश्व अनुसन्धान विभागले वरामद गरेको थाहा भएको छ।
सानेपामा भण्डारण गरी राखिएको अवस्थामा छापामारेर विभागका अनुसन्धान कर्मचारीले अवैध सामान वरामद गरेपछि यसमा संलग्न व्यापारी र कमीशनमा जोडिएको समूह चनावमा परेको समाचार सूत्रले जानकारी दिएको छ।
वीरगंजको सुनौलो साझा ट्रान्सपोर्ट व्यवसायी संघ पर्साका अध्यक्ष बालकृष्ण पोखरेलको लगानीमा संचालित भएको भनि प्रकाशमा आएपछि बालकृष्णले त्यो ट्रान्सपोर्ट आफ्नो नभएको स्पष्टीकरण दिँदै हिँडेका छन्।
ट्रान्सपोर्टको प्रोपराइटर सुमन खतिवडा भएको समाचार सूत्रले जनाएको छ, खतिवडा बालकृष्णका सहोदर साढुभाइ हुन्। बालकृष्ण पोखरेलले आफ्नै नाममा ट्रान्सपोर्ट सञ्चालन नगरेपनि ट्रान्सपोर्ट व्यवासायी संघका अध्यक्ष बनेका छन्।
सानेपास्थित गोदामबाट बरामद गरिएको सामानको भनि देखाइएको प्रज्ञापनबारे साथै एजेंटबारे गहिरिएर अनुसन्धान गर्ने हो भने अनेकौँ कैफियत भेटिन सक्ने भन्सार सम्बध्द सूत्रको भनाई छ।
आफ्नो प्रत्यक्ष सहभागिता र लगानी नदेखाए पनि बालकृष्ण पोखरेलले बेला बखतमा आफ्ना साथीभाईहरुको नाममा ट्रान्सपोर्ट खोल्न लगाएर नेपाल सरकारको लाखौँ राजस्व छल्ने कार्यमा सघाउँदै आएका उनीबाट पीडित पूर्व पार्टनरहरुले चर्चा गर्ने गरेका छन्।
कहिले सुनौलो विहानी ढुवानी सेवा, कहिले सुनौलो विहानी प्रालि, कहिले साझा ट्रान्सपोर्ट गरी पटक पटक कम्पनीको नाम फेर्ने र फरक फरक व्यक्तिलाई प्रोपराइटर राखी राज्यको करोडौँ रुपैयाँको राजस्व छलि गर्ने काम पोखरेलले गर्दै आएको स्रोतको दाबी छ।
यसरी कम्पनीको नाम र प्रोपराइटर फेर्दै राज्यको राजस्व चुहावट गरेरै पोखरेलले छोटो समयमा अकूत सम्पत्ति जोडेको बताइन्छ। सम्पत्ति शुध्दिकरण विभाग लगायतका नियामक निकायले गहिरिएर छानबिन गर्ने हो भने यिनको सम्पत्तिको स्रोत भेटिन मुस्किल पर्ने स्रोतको दाबी छ।
आफ्नै दाजु क्लियरिङ्ग एजेन्टको सहयोगमा भंसार भित्रबाट नै सेटिंगमा तस्करी गर्न सिपालु ट्रान्सपोर्ट व्यवसायी पोखरेललाई वीरगंज भन्सारमा पवन यादव नाम गरेका व्यक्तिमार्फत सेटिंग गरि पाँच गाँठ कपड़ाको भन्सार तिरेर ३० गाँठ कपडा तस्करी गरि नेपाल भित्र्याउने गरेका छन्।
वर्षैपिच्छे फरक फरक नामका ट्रान्सपोर्टबाट संचालक गर्ने, सो ट्रांसपोर्टको माध्यमबाट करोडौँको कारोबार गरि राज्यको लाखौँ राजस्व चुहावट गर्ने र अर्को वर्ष अर्कै नामको ट्रान्स्पोर्ट संचालन गरि राजस्व चुहावट गरेर छोटो समयमा अकूत सम्पत्ति जोडेको ट्रान्सपोर्ट व्यवसायीहरूबीच चर्चा हुने गरेको छ।
पोखरेललाई सघाउने पवन यादव केही वर्ष अगाडी मात्र भन्सारका सुब्बा राम कैलास यादवको नीजि सहयोगीको रुपमा कार्यरत थिए। सुब्बा यादवसँगै भएपछि पवनले तस्कर र क्लियरिङ्ग एजेन्टहरुसँग सेटिङ्ग मिलाउने र थोरै सामानको प्रज्ञापन बनाएर धेरै सामान भन्सारभित्रबाटै पास गराउन सक्रिय सहयोग गर्न थालेको जानकार सूत्रहरु बताउँछन्।
यसरी अवैध आम्दानी गर्ने उपाय सिकेकाले पवनले छोटो अवधिमा करोडौँ रुपैयाँ कमाएर उनै ट्रान्सपोर्ट व्यवसायी पोखरेलको वीरगंजमा रहेको घर १ करोड ६० लाखमा खरिद गरेका छन्। त्यति मात्र नभई पवनले वीरगंजको बसपार्क क्षेत्रमा केही प्लट जग्गा पनि खरिद गरेका छन्। उनको यस्तो अवैध आम्दानी ह्वात्तै बढेको देखेर चकित परेका उनीसँग परिचित केहीले सम्पत्ति शुध्दिकरण विभागमा लिखित उजुरी गर्ने तयारी गरेको बुझिएको छ।
प्रतिक्रिया