कांग्रेसले केही मन्त्री फिर्ता बोलाउने, बिहीबार मन्त्रीहरुसँग छलफल गर्दै सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी केही मन्त्री विवादमा परिरहेको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले भोलि विहीवार छलफल गर्ने भएका छन्।। सरकारमा सहभागी दश मन्त्री र दुई राज्यमन्त्रीलाई बुढानिलकण्ठ निवासमा उपस्थित हुन सूचित गरिएको बुझिएको छ।

संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दल कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रिया गर्न बैठक बोलाइएको बताईएको छ। तर केही मन्त्रीको कार्यसम्पादन क्षमतामा प्रश्न उठिरहेकाले त्यसले पार्टीको छविमा नकारात्मक असर परेको भनेर पार्टीकै केही नेताले सिकायत गरिरहेपछि सभापति देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताईएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकारको प्रभावकारिताप्रति असन्तुष्टि प्रकट गर्दै त्यसका लागि मन्त्रीहरुको भूमिकालाई दोषी देखाएर सभापति देउवासँग गुनासो गरेका थिए।

समाचार सूत्रका अनुसार, आगामी संसद अधिवेशन अघि मन्त्रीपरिषदमा फेरबदल हुनसक्ने बलियो सम्भावना रहेको छ। यही कारण सभापति देउवाले मन्त्रीहरुसँग एकपटक छलफल गरेर कसलाई विदा गर्ने र कसलाई रिक्त स्थानमा थप्ने भन्ने निर्णय गर्न पूर्व तयारी गरेको एक पदाधिकारीले बताएका छन्।

‘ 

प्रतिक्रिया