काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काठमाडौं जिल्ला अदालतभित्रै कुटिएका छन्।
त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले अदालतभित्रै आक्रमण गरेका हुन्।
सहकारी वचत अपचलनमा मुछिएका रास्वमा सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।
वरिष्ठ अधिवक्ता त्रिपाठी सहकारी पीडितहरुका तर्फबाट पैरवी गरिरहेका छन्।
प्रतिक्रिया