सैफ अली खानमाथि चक्कु प्रहार

मुम्बई। बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार बिहान करिब २ः३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ। सैफको घाँटी, पछाडि, हात र टाउकोमा चोट लागेको छ। सैफलाई दिउँसो ३ः३० बजे लीलावती अस्पताल ल्याइएको थियो। जहाँ उनको शल्यक्रिया गरिएको छ।

लीलावती अस्पतालका सीओओ (मुख्य अपरेटिङ अफिसर) डा. नीरज उत्तमानी सैफलाई ६ पटक छुरा प्रहार गरिएको बताउँछन्। तीमध्ये दुईवटा घाउ गहिरो छन्। मेरुदण्ड नजिकै घाउ छ। डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छन्।

प्रतिक्रिया