हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

दोहा। इजरायल र हमास गाजामा १५ महिना लामो युद्ध रोक्न सहमत भएका छन्। युद्धविरामको क्रममा हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले हमासका मानिसहरूलाई पनि रिहा गर्नेछ।

तर, युद्धविरामको औपचारिक घोषणा हुन बाँकी छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भने, 'हमाससँग युद्धविरामको सम्झौता अहिलेसम्म भएको छैन। अन्तिम विवरणका लागि वार्ता जारी छ।'

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले युद्धविराम सम्झौताको पुष्टि गरेका छन्। थानीले भने कि युद्धविराम जनवरी १९ देखि लागू हुनेछ।

अल जजीराको रिपोर्टका अनुसार थानीले बुधबार हमास र इजरायलका प्रतिनिधिहरूसँग भेट गरेपछि सम्झौता पूरा भएको थियो।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गाजामा युद्धविराम सम्झौता भएको बताएका छन्। हामीसँग मध्यपूर्वमा बन्धकहरूका लागि सम्झौता छ। उनी छिट्टै रिहा हुनेछन्।

गाजामा इजरायल र हमासबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ। यसमा दुवै पक्षका ४७ हजारभन्दा बढीको ज्यान गएको छ।

प्रतिक्रिया