लण्डन पुगेका नेता कोइरालाले मागे ब्रिटिस एयरवेजको काठमाडौं सिधा उडान

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँगको भेटमा ब्रिटिस एयरको लण्डन काठमाडौं सिधा उडानको माग गरेका छन्। 

लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौ सिधा हवाई उडान हुनुपर्ने बिषयमा चर्चा गरेका थिए।

कोइरालाले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको प्रसंग कोट्याउँदै हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका बताएका थिए। जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसकालागि नेपालले क्षेतिपूर्ती पाउनुपर्ने र बेलायतले सहयोग गरिदिनुपर्ने भनेर ध्यानाकर्षण गराएका थिए। 

संसदीय समितिकी अध्यक्ष बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन्। बेलायतका लागि कार्यबाहक नेपाली राजदुत बिपिन दुवाडी पनि थिए सहभागी थिए। 
 

प्रतिक्रिया