गाजामा १५ महिनापछि रोकियो इजरायल–हमास युद्ध

इजरायल र हमासबीच गाजामा १५ महिनादेखि जारी युद्ध आजबाट बन्द हुने भएको छ।

पहिलो चरणको युद्धविराम जनवरी १९ बाट सुरु हुँदैछ। पहिलो दिन हमासले ३ जना इजरायली बन्धकलाई रिहा गर्नेछ। उनीहरुलाई साँझ ७ बजे रिहा गरिने छ।

हमासले रिहा गरिने बन्धकहरुको नाम भने सार्वजनिक गरेको छैन। यसबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नाम सार्वजनिक नगरे युद्धविराममा अगाडि बढ्न नसक्ने बताएका छन्। नेतान्याहुले आवश्यक परे फेरि युद्ध सुरु गर्ने कुरा पनि गरे।

इजरायलको मन्त्रिपरिषद्ले शनिबार हमाससँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो।

प्रतिक्रिया