राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा सोमबार बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।
यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिए ।
प्रतिक्रिया