रविनाकी छोरी राशिको डेब्यु फिल्मले गर्यो राम्रो सुरुवात

नयाँदिल्ली। कोभिड पछि धेरै नयाँ कलाकारहरूले बलिउड फिल्महरूमा आफ्नो अभिनय डेब्यू गरेका छन्। हालै अभिनेत्री रविना टण्डनकी छोरी राशि थडानीले फिल्म आजादबाट डेब्यु गरेकी छिन्। फिल्मको कथासँगै गीतलाई पनि दर्शकले मन पराइरहेका छन्।

यो फिल्मले ओपनिङ डेमै १.५ करोड भारु कमाइ गरेको छ। योसँगै नयाँ स्टारसहितको यो फिल्मले कोभिडपछि सबैभन्दा ठूलो ओपनिङ गरेको छ।

फिल्म आजाद यसै वर्ष १७ जनवरीमा रिलिज भएको थियो। रविना टण्डनकी छोरी राशि थडानी र अमन देवगनले यो फिल्मबाट अभिनयमा डेब्यु गरेका छन्। अमन अजय देवगनका भतिजा हुन्।

यस ऐतिहासिक ड्रामा फिल्ममा अजय देवगनले पनि काम गरेका छन्। यो फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका हुन्। आजादको कथा सन् १९२० को पृष्ठभूमिमा आधारित छ।

प्रतिक्रिया