धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन्। 

मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन्। 

उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए। उनको गाग्री भने प्रहरीले खोसेको छ। 

मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन्। 

प्रतिक्रिया