रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँछन्।

उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो। सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन्।

रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनसक्नेछ। यसका लागी उनी आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन्।

कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
 

प्रतिक्रिया