शिक्षाको विकास भएपनि मात्र मानिसको भित्री आत्मा विकास हुन्छ । सो आत्माको विकासबाट उसले के गर्ने, के नगर्ने ? भन्ने कुराको छिनोफानो गरी काम गर्दछ । त्यो काम गरेपछि उसले आफ्नो परिवार, समाज देशको भलो, हित पनि गर्दछ । त्यो मानिस काम लाग्ने देखिन्छ ।
आजको दिनमा हाल नेपाललाई समाप्त पार्ने खेल भइरहेको देखिन्छ । विगतको ४ बर्षमा कमिनष्टहरु नेकपा एमाले तथा नेकपा माओवादीले मिलेर दुई तिहाइको वहुमत ल्याएका हुन् । कांगे्रस कमजोर रणनीतिक विहीन र रक्षात्मक पनि भएको हो । तर पनि यिनीहरुले अढाई वर्षसम्म एकलौटी शासन गर्ने, सवै पदहरुको भागवण्डा गरी दुई दलले मात्र शक्ति र श्रोत कव्जामा लिने, डोजरे बाटो खन्जोत गर्ने, भ्रष्टाचार चरम चुलीमा पुर्याउने काम गरी कांग्रेस तथा राप्रपालाई छेउनै लागएका हुन् ।
यही वेलामा एमाले अध्यक्ष केपी ओलीले संसद २ पल्ट विगठन गरे । जसलाई सवैले वकील, नागरिक समाज र जनताहरु मिलेर फेरी वहाली गराइयो । गेम चेञ्जर प्रचण्डले २०७६ जेष्ट देखि खेल देखाएर त्यसमा वकील, वुद्धिजीवी र पत्रकारहरुले यसलाई संसदबाट पुनस्थापना गराएका हुन् । यदी त्यतिकैमा छोडिदिएको भए अवस्था अर्कै हुने निश्चित थियो भन्नेमा विवाद छैन ।
बरु इतिहास वोकेको, भएको नेपालको संस्थागत राजतन्त्रको वारेमा उनको संस्थागत राजतन्त्र लिगेसिको वारेमा कमल थापा चपुचाप वसेकै राम्रो होला कि भन्ने किन लाग्दछन् भनेनी “राजेन्द्रजी त तपाईंको चेलो हो नी । कमल थापाजीले आवेशमा आउनु त क्षेत्रीयहरुको स्वभाव हो, उनको आइएलओ १६९ हो तर त्यो नगरेको भए लिगेशी रहन्थो कि भन्ने लाग्दछ । किनभने तपाईंहरु जस्तो धेरैले विगतमा राजालाई संवैधानिक नभई निरंकुश भएर ठोकठाक गरेपछि ठीकठाक हुन्छ र लैजान प्रयाश गर्दा लोकतन्त्रवादीहरुको वनिवास भएको थियो तर पनि स्वदेशागमन पछि आएको लोकतान्त्रिक गणतन्त्रमा यहाँहरुले त्यसको तरमार्नु र मोजमस्ति त गर्नु भएकै होनी ।
व्यवसायविहीन व्यवस्थापिका सभा
विगतमा ४ वर्ष अगाडि नियुक्त सभामुख कृष्ण बहादुर महरालाई रोशनीको काण्डले अवशान गरायो र हाम्रो व्यवस्थापिका सभा दिशाविहीन, व्यवसायविहीन भयो । त्यसपछि लामो समय हाल व्यवस्थापिका सभा, विधायिकामा उपसभामुख विनानै लामो समयसम्म खाली राख्नु पर्यो । उनलाई राजीनामा गर्न लगाएर मन्त्रीमा नियुक्त गर्नु, पर्यो । त्यसपछि बल्ल तल्लो सभामुखमा नियुक्त भएका मानिसलाई पनि जो विगतको फौज्दारी अभियोगमा मुछिएकालाई सभामुखमा नियुक्त गर्नु, त्यसपछि उनले यो एमसीसीलाई टेवुल हुन नै नदिनु, यी भित्र रहश्यमय विषयहरु लुकेका छन् ।
जवकी यो संविधान वमोजिम विगत संविधान सभामा खिलराज रेग्मीलाई अर्थात् सर्बोच्च न्यायापालिकाको प्रमुखलाई सत्ता सुम्पिएर अनि निर्वाचन जाने विगत २०७४ को निर्वाचनमा कांगे्रसीहरुको भोटर्श हात लिएर निर्वाचन जितेको तर यो एमसीसीलाई पारित गर्नु पर्दछ भन्ने डाक्टर बाबुराम भट्टराई भने कहिले उदय कहिले विलयको राजनीतिका आकलझुक्कल रहनुको मतलव हो कि सिआइए र भारतीय गुप्चर चनिकाय रअ उनीहरुलाई वल्छिको चारोको रुपमा प्रयोग गरिरहेको देखिन्छ । जो हालको नेपालको व्यवस्थापिका, न्यायापालिका तथा कार्यपालिका ध्वस्त त पारेको नै योसँग जोडिएको पाइन्छ ।
थ्री एफ स्ट्रटेजीको मिशाइल हानी रहेको देखिन्छ । फरमेशन, फगशन तथा फेलिएर । हामीले विगतमा सुशील कोइरालाले भोगेका भनेको पिडा थाहा पाएकानै छौं । प्रतिनिध सभामा रहको बिषय हुन्छ वा हुन्न भन्ने सवालमा दल बीचमा मतभेद हुन्छ भने त्यसले संसदलाई व्यवसाय रोकिन्छन् भने त्यसलाई तलव भत्ता नदिने कुरा उचित छ । यो अर्थमन्त्रीको साथ मिलेको छ । कम गर्न लगाइएको खेतालाले झगडा गरेर काम रोक्छ भने के उसले त्यो दिनको ज्याला पाउँछ ? पाउँदैन । यस्तो विषय त जनमतमा जाने प्रचलन स्वीजरल्याण्डमा देखिन्छ । गणतन्त्र भनेको यो हो ।
यस अवस्थामा अव आम जनताहरुले यी अस्थिरता, अनैतिक तथा दिशाविहीनताको राजनीति गरी राष्ट्रलाई तहशनहश गर्ने पार्ने उनीहरुको प्रवृत्तिलाई पहिचान गरी आगामी दिनमा पनि आम जनताहरुले आफ्नो आफ्नो जो हिसावले राष्ट्रवादी, देशभक्त तथा नेपालको भलो चाहने व्यक्ति, दल तथा उम्मेदवारलाई जिताउन आवश्यक देखिन्छ ।
यो संविधानले संशोधन त खोजेको नै छ । तर त्यो संशोधनको नाममा दार्चुलाको हालको नाभी, गुञ्जी, लिम्पीयाधुरा, कालापानी तानेकोे जस्तो गरी भारतले तान्ने अनि हाम्रा हिजडा महान नेताहरु चाहिं लुकामारी खेल्ने, नौटङ्की जस्तो गरे भने यो संविधान पनि लाटाको धोती जस्तो पारी गृहयुद्धमा नेपाललाई अफगानिस्थान त बनाउने हैनन् ? होला भन्ने भय देखिन्छ । यसमा नेपाली शासनमा सत्तारुढ तथा विपक्षीहरु सवैलाई होसियारी, सोचीयार र सावधान भएर काम गर्न गराउनका लागि हामी सवैले खवरदारी गर्न अति आवश्यक देखिन्छ । सायद यही दुरवस्था भएको रहेको कारणले होला, ओली जो “वरु बयल गाडाको गणतन्त्र जाओस्, तर राष्ट्र नजावस मर्छु तर हिजडा, अस्थीर अनि अनैतिक नेताहरुसँग म झुक्दिन भनी अडान लिएका होलान् । उनलाई राष्ट्रवादी देखि राम वहादुर तथा भिम रावलहरु, योगेशहरुले साथ दिएर लागेका होलान् ।
यसले वावुराम, प्रचण्डजीहरु जस्तो कितावी क्रान्ति जान्ने तर विधिसम्मत क्रान्ति र त्यसको अभियान उठान तथा वैठानको प्रकृया तथा संघर्ष अनि समन्वय भन्ने नजान्ने, जनताको समस्याहरु प्रति गैर जिम्मेवार मानिसहरुलाई यो अवस्था निकै मलिलो जलिलो हुन पुगेको देखिन्छ । तर यो भनेको फेरी भारतीय रअ तथा अमेरिकी सिआईएका लागि नेपालमा खेल्न सजिलो अनुकूल भने अवश्य हो । किनकि अफगानिस्थानमा नेटो हाल जीरो एकशनमा र अमेरिका आर्थिक नाकावन्दीको पोजिशनमा देखिन्छ । भारतले नेहरु देखि हाल गुजराल डक्ट्रिन तथा अमेरिकाले किशिन्जर डक्ट्रिन फलो गरीरहेका छन् अनि माओवादी तथा माधवजीहरु माक्र्सदेखि लेलिन र माओ अनि आफ्नो फोटो राखी क्रान्तिको नाममा जनताको छोराछोरीलाई पछि पछि लगाउन अहिलेपनि नाना थरीका सपनाहरु वाँडिरहेको छन् ।
एक आपसमा आसका र अविश्वास पनि त्यतिकै रहिरहेको देखिन्छ । अमेरिकाले, उसले अव आर्थिक नाकावन्दी लगाउने रणनीति अपनाउन गइरहेको देखिन्छ । भारतले २ करोडको भवन निर्माणको सहयोग नेपाललाई प्रदान गर्दछ तर २ खर्बको चिया, अलैंची क्वारेण्टाइन चेक भन्दै महिनौ सडाएर नोक्शान गरी विगार गर्दछ । पानीमा हिस्सा तथा विद्युतको ठूलो परियोजनामा त भारतले लाभ अहिलेपनि लिइरहेको छ नै । मधेश, पानी तथा गारेखा भर्तीको थिम भारतकालागि बढी सरोकार हुन् । उता वेसरी कुटनीतिक चलबाजीले नेपाललाई दपेटी रहेको देखिन्छ ।
चिनीयाँहरु भने जेसुकै खालको जासुसी गरेर होस, नेपालमा आफ्नो व्यापार गर्ने र भारत तथा अमेरिकाको प्रभावलाई नेपालमा रोक्न सकिन्छ भन्नेमा लागेका छन् ।
त्यसकालागि पूर्व राजाले पनि पार्टीमा सरोकार राखी काम गर्दा उनको लिगेशीले ऐतिहासिक महत्व राख्ने देखिन्छ । राजनीतिक सिद्धान्त बमोजिम कार्यगत सवालमा निरंकुश राजतन्त्र तथा निरंकुश गणतन्त्र यी दुवै अतिवादीहरु मिल्दछन् भन्ने गरिन्छ । यो उनले जान्ने मान्ने कुरा हो ।
विगतमा होहल्ला तथा सुसेलीको भरमा बाबुराम जस्तो अनाडिहरुले गिरिजालाई राष्ट्रपतिको सपना देखाएर फालिएको संवैधानिक राजतन्त्रको लागि नेपाली जनताको सरकार बाँकी रहेको देखिन्छ भने उनको रजाईंले राजनीतिमा पनि अवश्य प्रभाव दिने छ ।
यही वेलामा व्रिटिश गोरखाहरुको वारेमा वेलायतले नेपाल सरकारले के गरिरहेको छ ? भन्ने पनि विषयलाई वाहिर ल्याएको देखिन्छ । यसलाई पनि रुटीन वनाएर सरकारले पहल कदमी लिन अति जरुरी देखिन्छ जसले गर्दा आम नेपाली तथा जनजातिहरुको सरोकार जोडिएको राष्ट्रिय मुद्धामा सरकारले पर्याप्त मात्रामा गृहकार्य गरी काम गर्न जरुरी देखिन्छ ।
याद रहोस् कि विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकावन्दी लगाएको अवस्थामा विटीश प्रधानमन्त्री डेभिड केमरुनले पनि मोदीसँग नै लोलिमा वोली मिलाएर वक्तव्य जारी गरेका थिए, यो व्यहोरा पनि नेपालीले सम्झना गर्न आवश्यक देखिन्छ । यो आफ्नो देश आफ्नो नागरिक विगतको इतिहासमा उनीहरुले विदेशकालागि वगाएको रगतको हिसाव किताव खोज्ने सवाल पनि हो, जो शीप, कुटनीति र वुद्धि विवेकले मात्र त्यसको हिसाव किताव लिन सकिन्छ ।
आम जनतालाई हामीले त्यस्ता समसामयिक घटना, विवरण बिकसित परिस्थितिको वारेमा, सचेत सजग र चनाखो रहन सूचना तथा जानकारी दिन अनिवार्य देखिन्छ । (वरिष्ठ अधिवक्ता खत्री लामो सयमदेखि प्राध्यापनमा छन्)
प्रतिक्रिया