काठमाडौं। अमेरिका भ्रमणमा रहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट गरेका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसगको भेटमा नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना दिएका छन्।
महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र समृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसँग समेत भेट गरेका थिए। ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगायतसँग संसद भवनमा द्विपक्षीय हित र नेपाल-मेरिका संसदीय अनुभव आदानप्रदानबारे छुट्टा छुट्टै कुराकानी गरेका थिए।
सांसद ढकाल नेपाल अमेरिका संसदीय मैत्री समूहका सदस्य हुन्।
प्रतिक्रिया